Advertisement
SKIP THIS
पत्रकार भण्डारीद्वारा आफैंले स्थापना गरेको अक्षयकाेषमा आर्थिक सहयोग सहित शैक्षिक सामाग्री बितरण

अछाम: पछिल्लो समय प्रायले आफनो जन्मदिनलाई तडक भडक रुपमा मनाउने, फजुल खर्च गर्ने समेत गरेको पाईन्छ। तर अछामको मंगलसेन नगरपालिका वडा नम्बर ६ ठुलासैन निवासी सुशील भण्डारीले आफ्नो जन्मदिनको अवसरमा आफुले अध्ययन गरेको मालिका आधारभुत विधालय ठुलासैनमा आफैले स्थापना गरेको शैक्षिक अक्षकोषमा आर्थिक सहयोग गरेका छन । आफ्नो  जन्मोत्सवका अवसरमा उनले २०७८ फागुन १५ गते “सुशील शैक्षिक नामक अक्षयकाेष” स्थापना गरेका थिए ।

नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य ,सडक मिडिया राष्ट्रिय दैनिकका प्रकाशक समेत रहेका भण्डारीले मंगलबार  परेको जन्मदिनमा  २७ हजार  रुपैंया अक्षयकोषमा सहयोग गरेका हुन् । बिद्यालयमा पढ्ने गरीव तथा जेहेन्दार बिद्यार्थीको पठनपाठनमा सहजता होस भन्ने उद्देश्यले सुशीलअक्षयकोष स्थापना गरेको अक्षयकोष कर्ता भण्डारीले बताए ।

आगामी दिनमा सो कोषलाई बढाउँदै लाने प्रतिबद्धतासमेत उनले व्यक्त गरेका छन् । भण्डारीले आफुले स्थापना गरेको अक्षयकोषमा तीन वर्षको अवधिमा ७९ हजार जम्मा गरेकाछन ।

जन्मदिनमा फजुल खर्च गर्नुभन्दा परोपकारी कार्य गरौं भन्ने हेतुले जेहेन्दार र विपन्न विद्यार्थीलाई लक्षित गरि आफुले शैक्षिक अक्षयकोष स्थापना गरेको भण्डारीको भनाई छ ।

रकम सानो भएपनि यसको महत्व ठुलो रहेको र शैक्षिक जगतमा थोरै भएपनि सहयोग पुग्ने उनले उल्लेख गरे । कार्यक्रममा गरिब ,बिपन्न तथा जेहेन्दार २० जना बिद्यार्थी हरुलाइ शैक्षिक सामाग्री र बिधालय पोशाक बितरण गरिएको थियो ।

विद्यालय ब्याबस्थापन समिति अध्यक्ष हेमराज भण्डारीको अध्यक्षतामा भएको अक्षयकाेषमा आर्थिक सहयोग सहित शैक्षिक सामाग्री बितरण कार्यक्रममा प्रमुख अतिथिको आशन बाट बोल्दै सुदुरपश्चिम प्रदेश सभा सदस्य मानबहादुर रावलले
आफ्नो शुभ कामको दिनमा सामाजिक कार्य गरेकोमा भण्डारीलाई धन्यवाद ब्यक्त गरे ।  आगामी दिनमा समेत सामाजिक अभियानमा निरन्तर अघि बढन आग्रह गरे ।  रावलले
शिक्षामा गुणस्तरको मापदण्ड भनेको परीक्षामा उच्च अंक ल्याउनु लाई  मात्र गुणस्तर शिक्षाका रूपमा बुझ्न नसकिने बताए।

गुणस्तरीय शिक्षाको मापन समाजका सद्स्यहरूको मानवता, समाजको हितमा हुने उसको व्यवहारले निर्धारण गर्ने बताए । गुणस्तरीय शिक्षा आजको आवश्यकता रहेको बताए । एक फरक प्रसङ्गमा बोल्दै रावलले बिधालयमा भौतिक संरचनाको अभाव भएकोले त्यसको लागी आफुले पहल कदमी चाल्ने बताए ।

त्यस्तै कार्यक्रममा बोल्दै विशिष्ट अतिथि अछाम बहुमुखी क्याम्पसका उपाध्यक्ष यज्ञराज ढुंगानाले गुणस्तरीय शिक्षाले देशमा शिक्षित तथा दक्षजनशक्ति उत्पादन गर्ने भएकाले राज्यले त्यसतर्फ ध्यान दिनुपर्ने बताए । कुनै पनि देशको बहुआयामिक विकास र प्रगती उक्त देशको शिक्षा नीतिमा भरपर्ने बताए ।

कार्यक्रममा बिधालयका संस्थापक सेतीराम भण्डारी ,टंक प्रसाद भण्डारी ,शिक्षक अभिभावक संघका अध्यक्ष गोबिन्द सोप,शिक्षक बिक्रम बिष्ट लगायतले  शुभकामना मन्तव्य राखेका थिए ।
बिद्यालयका प्रअ भक्तराज ढुंगानाको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संचालन भवानी भण्डारीले गरेका थिए ।

तपाईको प्रतिक्रिया