Advertisement
SKIP THIS
बर्च हिल एकेडेमीको १७ औँ वार्षिक उत्सव सम्पन्न

भगवती कुँवर ,साँफेबगर:बर्च हिल एकेडेमी साँफेबगरको १७ औँ वार्षिक उत्सव तथा डिजिटल एपको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । साँफेबगर नगरपालिका वडा ४ मा रहेको एकेडेमीको शनिबार साँफेबगर नगर उप प्रमुख शिव बहादुर कुँवरले उद्घाटन गरे। सम्पन्न भएको हो ।

प्रमुख अथितिको आसनबाट कार्यक्रमलाई सम्बोधन गर्दै नगर उपप्रमुख कुँवरले संस्थागत विद्ययालयसंग नगरपालिकाले गर्नु पर्ने सहकार्यको रुपमा सदैव तयार रहेको बताए ।सरकारको ऐन,नियम र कार्यविधिले गर्दा जति सामुदायीक विद्ययालयलाई सहयोग गरि रहेका छौँ त्यति संस्थागत विद्ययालयलाई सहयोग गर्न समस्या हुने तर शिक्षाको क्षेत्रमा राम्रो नतिजा प्राप्त गर्ने संस्थागत स्कुलसंग अन्तरक्रिया गरेर सहयोग गर्न नगरपालिका तयार रहेको नगर उपप्रमुख कुँवरले बताए ।

गुणस्तरिय शिक्षा ल्याउनको लागी संस्थागत तथा सरकारी विद्ययालयका कक्षा ४ देखि ९ सम्मका प्रश्नपत्र नगर स्तरिय बनाउने भन्ने विषयमा छलफल भैरहेको उनले बताए ।

विद्ययालयका शिक्षक विकास भण्डारीले डिजिटल एपको बारेमा बताउदै अव देखि स्कुलका हरेक गतिविधिहरु नँया डिजिटल एपबाट उपलब्ध गराउने जानकारी दिनु दिए। वाक नेपालका अध्यक्ष बलबहादुर केसी अध्यक्ष भएको कार्यक्रम साँफेबगर नगरपालिका ४ का अध्यक्ष नवराज बुढा बिशिस्ट अथिति रहेका थिए ।

तपाईको प्रतिक्रिया