Advertisement
SKIP THIS
अछाममा एसईईका लागि परिक्षा केन्द्र तोकियो,कुन बिधालय कुन केन्द्रमा हेर्नुहोस

अछाम: बर्षको माध्यमिक शिक्षा परिक्षा (एसईई)का लागि अछाममा २४ वटा केन्द्र परीक्षा तोकिएको छ । शिक्षा विकास तथा समन्वय इकाइ अछामले जिल्ला भरका ९६ विद्यालयका माध्यमिक बिधालयका लागि २४ परीक्षा केन्द्रको तोकिएको जनाएको छ।

साँफेबगरमा महेन्द्र माध्यमिक बिधालय बयलपाटा, त्रिपुरासुन्दरी माध्यमिक बिधालय श्रीकोट, सुर्यचन्द्र माध्यमिक बिधालय कालीमाटी, बेतालमाण्डौं माध्यमिक बिधालय घुघुरकोट परीक्षा केन्द्र छ ।यस्तै मंगलसेनमा षोडशा माध्यमिक बिधालय मंगलसेन, मंगला नेरा माध्यमिक बिधालय ओलीगाउँ, अन्नपूर्ण माध्यमिक बिधालय कालागाउँ, र राधा माध्यमिक बिधालय बोगटी गाउँमा परीक्षा केन्द्र छ ।

यस्तै कमलबजार नगरपालिकामा कात्यायनी माध्यमिक बिधालय हात्तिबाँझ र जाल्पादेवी माध्यमिक बिधालय ढाँकु र पञ्चदेवल विनायक नगरपालिकामा विद्यामन्दिर माध्यमिक बिधालय विनायक र मालिका माध्यमिक बिधालय बारलामा परीक्षा केन्द्र रहेको छ ।

चौरपाटी गाउँपालिकामा सिउडी माध्यमिक बिधालय सिउडी, रामारोशन गाउँपालिकामा नेरा माध्यमिक बिधालय चाफामाण्डौं, बान्नीगढी जयगढ गाउँपालिकामा सरस्वती माध्यमिक बिधालय जयगढ, ढकारी गाउँपालिकामा कालिका माध्यमिक बिधालय हिच्मा र अष्टशिद्दि माध्यमिक बिधालय ढुंगाचाल्नामा परीक्षा केन्द्र तोकिएको छ ।

यस्तै मेल्लेख गाउँपालिकामा जनता माध्यमिक बिधालय मेल्लेख, पिपलचौर माध्यमिक बिधालय बगुडा, यशोदा माध्यमिक बिधालय हात्तिकोट र तुर्माखाँद गाउँपालिकामा कालिकेश्वरी मावि तुर्माखाँद, वसुन्धरा माध्यमिक बिधालय थाल्पाटा, सिद्देश्वरी माध्यमिक बिधालय धमाली परीक्षा केन्द्र कायम गरिएको छ ।

अछाममा यसपटक ४ हजार ९ सय ५ जनाले एसईई परीक्षामा सहभागी हुने छन् । जसमा ४ हजार ७ सय ३१ साधारणतर्फ, १ सय १४ प्राविधिकतर्फ र ६० जना ग्रेटवृद्धिमा परीक्षामा सहभागी हुने एकाइले जनाएको छ ।

तपाईको प्रतिक्रिया