Advertisement
SKIP THIS
अछाममा बाघको आक्रमणबाट एक महिला घाइते

निराकरण खबर अछाम:अछाममा बाघको आक्रमणबाट एक महिला घाइते भएकि छन् ।बिहिवार जिल्लाको ढकारी गाउपालिका ८ कि २४ बर्षिय धर्ना तिमिल्सैना जैशिलाई बाघले आक्रमण गरि गम्भीर घाइते बनाएको हो।

घाइते उनको जिल्ला अस्पताल मंगलसेन सामान्य उपचारपछि थप उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत लगिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

घर नजिकैको जंगल बाख्रा चराउन गएका बेला दिउँसो करिब ३ बजेतिर बाघले आक्रमण गरेको, उनको बायाँ गाला र प्युठिमा चोट लागेको छ।

तपाईको प्रतिक्रिया