Advertisement
SKIP THIS
अछाममा जिप दुर्घटना १ बालकको मृत्यु,७ गम्भीर घाइते

निराकरण खबर अछाम:अछाममा जिप दुर्घटना हुदाँ १ बालकको मृत्यु भएको छ।

बुधबार बिहान चौरपाटी गाउँपालिका ५ लुङ्गाबाट साफे तर्फ जादै गरेको से.१.ज.४२९ नं. को जिप एक्कासी अनियन्त्रीत भई सडकबाट १ सय ५० मिटर खस्दा पुर्विचौकी गाउँपालिका वडा ४ का १८ महिने बालक इशान खड्काको मृत्यु भएको हो।

यस्तै दुर्घटनामा परि १५ जना घाइते भएका त्यसमध्ये ७ जनाको अवस्था गम्भीर रहेको बयालपाटा अस्पतालले जनाएको छ।घाइतेहरुको बयालपाटा अस्पतालमा उपचार भईरहेको छ।

तपाईको प्रतिक्रिया