Advertisement
SKIP THIS
बान्नीगढीका १ सय १८ लाभग्राहि सुरक्षित आवासका लागि छनोट

निराकरण खबर अछाम:बान्नीगढी जयगढ गाउँपालिका अछामका १ सय १८ लाभग्राहि सुरक्षित आवासका लागि छनोट भएका छन।

गाउँपालिकामा कुल १सय ५० स्विकृत आवस संख्या भएपनि सर्वेक्षणमा कुल १ सय १८ लाभग्राही समाबेश भएका शहरी विकास मन्त्रालय शहरी विकास तथा भवन निर्माण बिभाग सघन शहरी तथा भवन निर्माण आयोजना राजपुर, डोटीले जनाएको छ।

छनौट भएका लाभग्राहिले सुरक्षित नागरीक आवास २०७५ कार्यविधि अनुसार बान्नीगढी जयगढ गाउँपालिकामा सम्झौता गर्न सकिने आयोजना प्रमुख बिनोद यादवले बताए । सुरक्षित नागरीक आवास कार्याक्रम अनुसार भुसले छाएका घरहरुमा टिनको पत्र लगाईने छ।

तपाईको प्रतिक्रिया