Advertisement
SKIP THIS
दलित निषेधित पालिका भन्दै तुर्माखाद गाउपालिकामा ब्यानर टासिंयो

अछाम : अछामको तुर्माखाद गाउँपालिकामा दलित निषेधित पालिका भन्दै तुर्माखादमा ब्यानर टासिंएको छ। मंगलबार दलित अधिकारका लागि एकीकृत आन्दोलन नेपाल तुर्माखाद गाउँपालिकाले स्थानीय दलित अगुवाहरुले दलित निषेधित पालिका तुर्माखाद गाउँपालिका “छोटे शासक डम्बर बिसी” भन्दै ब्यानर टासेको हो।

यस्तै दलित जनप्रतिनिधिले समेत सोमबारका लागि तोकिएको गाउँ सभा पालिकाका बहिस्कार गरेका छन् । दलित अधिकारका लागि एकीकृत आन्दोलन नेपालको अगुवाइमा भएको गाउँ सभा पालिकाकाका १३ जना नै दलित जनप्रतिनिधि र स्थानीय दलित समुदायका अगुवाले बहिस्कार गरेका हुन्।

राज्यका सबै क्षेत्रमा १४ प्रतिशत दलित समुदायको प्रतिनिधित्व गर्नुपर्ने, दलित सशक्तिकरणका लागि योजना निर्माण गर्नुपर्ने, अवकाश दिएका दलित समुदायका कर्मचारीलार्य पुर्नस्थापना गर्नुपर्ने, दलित समुदायलाई एम्बुलेन्स सेवा निशुल्क दिनुपर्ने र उच्च शिक्षा अध्ययन गर्ने दलित समुदायका विद्यार्थीलाई छात्रवृतीको अनिवार्य व्यवस्था गर्नुपर्ने लगायतका पाँच बुदेँ गाउँ सभा बहिस्कार गरिएको दलित अधिकारका लागि एकीकृत आन्दोलन नेपालका संयोजक गम्भिरसिंह भुलले जानकारी दिए । उनका अनुसार गाउँ सभा बहिस्कार गर्नुका साथै पालिकाको कार्यालयमा नै दलित निषेधित पालिका भन्दै कालो ब्यानरसमेत टासेर बिरोध जनाएका छन् ।

गाउँपालिकाले भने दलित जनप्रतिनिधि तथा दलित समुदायका अगुवाले उठाएको विषयमा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर बुढाले एक प्रेस विज्ञप्ती जारी गर्दै यस्तो प्रतिवद्धता जनाएका हुन् ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत बुढाले जारी गरेको विज्ञप्तमा भनिएको छ, ‘प्रस्तुत विषयमा यस तुर्माखाँद गाउँपालिबाट जारी भएको सूचना बमोजिम आज मिति २०८० फागुन ७ गते बसेको १४ औ गाउँसभा बैठकमा एकीकृत दलित आन्दोलन नेपालबाट आफ्ना माग सम्बोधनका लागि लिखित माग पत्र पेश हुन आएको विषयमा तुर्माखाँद गाउँसभा बैठकको ध्यानाकर्षण भएको छ । यसर्थ उक्त माग पत्रमा उल्लिखित मागको विषयमा गाउँ कार्यपालिकामार्फत गहन अध्ययन गरेर समस्यमा समाधानको समुचित सम्बोधन गरिनेतर्फ गाउँसभाले सामुहिक प्रतिवद्धता जनाएको हुदाँ सोही व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ ।’

तपाईको प्रतिक्रिया