Advertisement
SKIP THIS
सेवा नक्साङकन तथा सिफारिस प्रणाली स्थापना गर्न सेवा प्रदायक निकायहरु बिच छलफल

भगवती कुँवर साँफेबगर:हिंसा प्रभावित महिला तथा बालबालिकाहरुको सेवामा पहुँच सुनिश्चीतताका लागी सेवा नक्साङकन तथा सिफारिस प्रणाली स्थापना गर्न सेवा प्रदायक निकायहरु बिच छलफल कार्यक्रम साँफेबगरमा सम्पन्न भएको छ ।

निड्स नेपालको आयोजनामा भएको कार्यक्रममा हिंसा प्रभाबित महिला तथा बालबालिकाको क्षेत्रमा भईरहेको काम र हिंसा प्रभाबितहरुलाई सेवा प्रदायक निकायसम्म ल्याउन भईसकेको प्रयासहरुका बिषयमा छलफल गरिएको छ । छलफलमा नगरपालिका भित्रका सेवा प्रदायक सस्थाहरुले हिसा प्रभाबितहरुलाई सेवा पहुचका लागी नक्साङकन तयार पार्न समिति समेत गठन गरेको छ ।

सामाजिक बिकास समितिका सयोजक एवम् वडा अध्यक्ष जनक कडायतको सयोजकत्वमा नक्साङकन तयारी समिति गठन गरिएको छ । कार्यक्रममा नगर उपप्रमुख तथा न्यायिक सििमत सयोजक शिब बहादुर कुवरले नगरपालिकाले लैगिक हिसा बिरुद्धको अभियान सञ्चालन गर्ने तयारी गरिरहेको बताए ।

भौतिक विकास भन्दा अब मानबिय विकासमा नगरपालिकाले जोड दिने हिसा प्रभाबित महिला बालबालिका अथवा जो सुकै भएपनि तत्काल राहत उपलब्ध गराउने गरेको बताउनु भयो । उहाँले नगरपालिकाले भर्खरै पुर्नस्थापना तथा सेवा कोष ऐन २०८० निमार्ण गरेको जानकारी दिए ।

कार्यक्रममा कार्यक्रममा नगर प्रमुख राजेन्द्र कुँवर,लगायत बिभिन्न सेवा प्रदायक सरकारी तथा गैरसरकारी सस्थाहरुको प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन निड्स नेपालका सिता भट्टराईले गर्नु भएको थियो । निड्स नेपालको बालविवाह निवारण परियोजना साँफेबगर नगरपालिकाका अति जोखिम ९ देखि १४ वडामा सञ्चालनमा रहेको छ ।

तपाईको प्रतिक्रिया