Advertisement
SKIP THIS
एमालेको प्रतिक्षालय

सुखड:लाजसरम पनि लजाएपछि कैंयन यस्ता दृष्य आखै अघि देखिन्छन् । कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडमा निर्माण भएको पुस्ताकलय सहितको यात्रु प्रतिक्षालय एमालेले कब्जा गरेको छ ।

घोडाघोडी नगरपालिकाको ५ लाख ६१ हजार र चन्दादाताको सहयोग गरी २० लाख बढीको लागतमा उक्त संरचना निर्माण गरिएको हो । भवनको भुँई तलामा यात्रुप्रतिक्षालय रहने र दोस्रो तलामा सुबिधा सम्पन्न पुस्ताकालयको अवधारणा सहित भवन निर्माण गरिएको थियो । निर्माणको सुरुवाती चरणमै प्रतिक्षालयको नाम र जमिनको विषयमा समेत विवाद नभएको भने होइन । तर, शिलान्यास देखि देखि उद्धघाटन सम्म मात्र होईन, नाम देखि काम सम्म प्रतिक्षालय एमालेकै हो भन्दा पनि फरक पर्दैन ।

आईतबार प्रतिक्षालयको दोस्रो तलामा निर्माण गर्ने भनिएको सुबिधा सम्पन्न पुस्ताकालय हेर्ने पुग्दा हामीले एमालेको घोडाघोडी नगरकमिटीको सचिवालय रहेको पायौं । हामी पुग्दा पनि जहाँ, एमालेका नेता कार्यकर्ता छलफल तथा कामकाज गरिरहेका थिए । जसको तालाचाबी निर्माण पश्चात् नै एमालेका घोडाघोडी नगरकमिटी अध्यक्ष बक्त बहादुर शाहीलाई आफुले बुझाएको प्रतिक्षालय निर्माण समितिका अध्यक्ष दुर्गा प्रसाद गौतमले जनाएका छन् । एक स्थानीयका अनुसार पुस्ताकालय बनाउने भनिएको भवनको दोस्रो तलामा एमाले पार्टीले नगरकमिटीको सचिवालय बनाएको र नियमित जसो हुने बैठक तथा छलफल त्यसैमा चलाउने गरेको बताए ।
यस विषयमा एमाले घोडाघोडी नगरकमिटी अध्यक्ष भने “एमालेको जिल्ला अधिवेशनका सकुन्जेल सम्मका लागी मात्र प्रयोग गरेका हौं, अबको एक सात पछि छोड्ने कुरा भएको बताउन्छन् ।” तर, सुबिधा सम्पन्न पुस्ताकालय सहितको प्रतिक्षालय निर्माण गर्ने भनिएको ठाउँमा कुनै एक अमुक पार्टीले कार्यालय बनाउनु गम्भीर कुरा भएको नेकपा माओवादी केन्द्रका घोडाघोडी नगरकमिटी अध्यक्ष खगेन्द्र बहादुर हमालको भनाइ छ ।

निर्माणको सुरुवाती चरणमा प्रतिक्षालयको नाम मदन आश्रित स्मृति प्रतिक्षालय राख्ने विषयमा समेत विवाद हुदा आफुहरुले मदनलाई राष्ट्रको एक गहनाको रुपले सम्मान गरेका थियौं । त्यसै अनुरुप सहमती समेत जुटेको थियो । तर, “आज यसरी नाम एक, काम अनेक भैइरहेका छन् । यसरी सार्वजनिक सम्पतिको दुरुपयोग गर्न कसैले पनि पाउदैन र मिल्दैन पनि । हिजो मात्र पनि एक जना चन्दादाताले सहयोग गरेको भरमा फेरी अर्को शिलापत्र टाँगीएको रहेछ ।” यात्रु प्रतिक्षालयका नाममा यस्तो व्यापार नगर्न समेत उनले आग्रह गरेका छन् । त्यसकारण नाम देखि काम र प्रयोग सम्म पुरै एमाले भएपछि हाल आएर स्थानीय रुपमा सर्वत्र यो विषयको आलोचना भैइरहेको छ ।

तपाईको प्रतिक्रिया