Advertisement
SKIP THIS
पार्टी अध्यक्ष ओलीको नामनै फरक परेपछि कार्यकर्तामा तनाब

सुखड:कैलालीमा नेकपा एमालेको नवौं जिल्ला अधिवेशन आईतबार देखि सुरुहुदै छ । अधिवेशनलाइ सम्बोधन गर्नका लागी पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आइतबार कैलाली आउँदै छन् ।

अधिवेशन संगै जिल्लामा एमालेको दबदबा रहेका क्षेत्रमा निर्माण सम्पन्न भएका केहि सार्वजनिक संरचनाको पनि औपचारीक उद्धाटन गर्ने कार्यक्रम रहेको छ । तर, उनी आउनु भन्दा पुर्व नै देखिएका केहि झलक अचम्मका छन् ।

कैलालीको घोडाघोडी नगरपालिकाको सुखडमा वर्षदिन पहिले नै नगरपालिकाको ५ लाख ६१ हजार र चन्दादाताको सहयोग गरी २० लाख बढीको लागतमा निर्माण कार्य सम्पन्न भई प्रयोगमा समेत आइरहेको मदन आश्रित स्मृति प्रतिक्षालयको उद्धघाटन पुर्व प्रधामन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओेलीबाट गराउने सम्पुर्ण तयारी पुरा भएको छ ।

तर, शिलापत्रमा कोरिएको आफ्नै पार्टीका अध्यक्षकै नाम फरक पर्न गएपछि कार्यकर्तामा एक किसिमको सन्नाटा छाएको छ । पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली हुन पर्ने मा केपी ओली भएको हो । शिलापत्र निर्माण देखि भित्तामा टाउँसुन्जेल सम्म यस कुराको कसैलाई मतलब नै थिए । अहिले उक्त शिलापत्र उद्धघाटनको समयमा लुकाउने कुरा भएको एमालेका एक कार्यकर्ताले हामी संगको कुराकानीमा बताए छन् ।

त्यस्तै, आईतबार कैलालीको बर्दगोरीया गाउँपालिकाको नवनिर्मित मुख्य प्रशासकीय भवनको उद्धघाटन पनि ओलीले गर्ने कार्यक्रम तय भएको छ । हाल उद्धघाटन हुन लागेको भवनबाट गाउँपालिकाले आफ्नो कामकाज यस अघिबाटै सुरु गरिरहेको छ ।

गजबको कुराचाहि के हो ? भने, आइतबार भवनको उद्धघाटन हुने भन्दै गाउँपालिकाले गाउँपालिका कार्यालय र मातहतका सबै कार्यालयहरुमा शुक्रबार बिदा दिने सुचना प्रकाशन गरेको थियो । त्यस्को केहि समय नबित्दै, पुनः अर्को सुचना प्रकाशित गरेर गाउँपालिकाले सेवा ग्रहीलाई मर्का पर्ने भन्दै सुचना मार्फत जानकारी गराई सकेको छ ।

तपाईको प्रतिक्रिया