Advertisement
SKIP THIS
अछाम आक्रमणको २२ बर्ष: एकैरात १ सय ४९ जनाले ज्यान गुमाएका थिए,

तारामान खड्का अछाम :अछाम आक्रमणको आज २२ बर्ष पुगेको छ । तत्कालीन बिद्रोही पक्ष माओबादी फाल्गुन ४ गते अछाम जिल्लाको सदरमुकाम र साफेबगरमा एकै पटक आक्रमण गरि ध्वस्त पारेको थियो । आक्रमणबाट तत्कालीन प्रमुख जिल्ला अधिकारी मोहनसिंह खत्री सहित नेपाली सेना, नेपाल प्रहरी र सर्बसाधारण गरि १ सय ४९ जनाले ज्यान गुमाएका थिए ।

५३ जना सेना ,५९ जना प्रहरी, दुईजना निजामती कर्मचारी र ८ जना सर्वसाधारण समेत गरी जम्मा १२२ जनाको मंगलसेन र सोही रात साँफेबगरमा विमानस्थल सुरक्षार्थ खटिएका २७ जना गरि कुल १ सय ४९ जनाले ज्यान गुमाएका थिए ।आक्रमणबाट सदरमुकाम मंगलसेन र साफेबगरका सबै सरकारी कार्यलय,साफेबगर एयरपोर्ट र अछाम अछाम दरवार ध्वस्त भएका थिए ।

हामी राती सुतिरहेका थियौ, एक्कासी गोली बारुदका आवाज आउन थाले,घर माथीबाट गोली गईरहेका थिए,हामी बाच्छौ जस्तो लागिरहेको थिएन, भगवानको कृपाले बाचीयो,त्यो घटना सम्झदै मंगलसेनका स्थानिय समेत रहेका पत्रकार शिवराज ढुंगाना भन्छन। रातभरी भएको भिडन्त उज्यालो हुदाँ रोकीयो माओबादीका लडाकु फीर्ता गएको देखियो अब त शान्ती भयो होला भनेको तर त्यसो भएन, हेलीकप्टरबाट आएका तत्कालीन शाही सेनाले स्थानियलाई कुट्ने, धम्काउने काम गरे ।

घटनाका अर्का प्रत्यक्षदर्शी अछाम दरवार नजीकै बिगत ३० बर्ष देखि ब्यापार गर्दै आएका मंगलसेनका तुलाराम भाट त्यो रातलाई कतिबेला पनी बिर्सन नस्कने बताउछन ।त्यो रात सम्झदै भाट भन्छन त्यो दिन त बाचुला जस्तो लागेको थिएन, अब त कहिल्यै मरिदैन जस्तो लाग्छ,सुरुमा सानो आवाज आयो त्यसको १५ मिनेट पछि गोली बमका आवाज मात्रै आउन थाले,त्यस्तो आवाज कहिल्यै नसुनेको,खाट हामीले त्यो रात बितायौ, बिहान उज्याले भयो, तर जलीरहेका संरचना, बारुदको मुस्लोले केही देखिएको थीएन,सेनाका हेलीकोप्टर समेत बस्न सकेनन् ३ ४ फन्को लगाएपनी बस्न नसकेपछी बजार भन्दा तल गएर बस्यो,घटना सम्झदै भाट भन्छन, रातमा त पिडा भोगीयो तर बिहान सेना आएपछि झन पीडा भोगियो,सुतेका अवस्थामा समेत सेनाले स्थानिय केही लाई मारिदियो ।

यता सोही रात साफेबगरमा समेत माओबादीले आक्रमण गरि सबै सरकारी संरचना ध्वस्त पारेको थियो घटनामा परि साँफेबगरमा विमानस्थल सुरक्षार्थ खटिएका २७ जना को समेत मृत्यु भएको घटनामा प्रत्यक्षदर्शी रुद्र कुँवर भन्छन।

अछामका ५७ जना अझै बेपत्ताको सुचिमा

माओबादीले सुरु गरेको द्धोदको बेला तत्कालीन बिद्धोही माओबादी र सरकार पक्षबाट अछामका ५७ जना बेपत्ता पारिएका, बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको तथाङ्कमा उल्लेख छ ।तर उनिहरुको अवस्था अझै अज्ञात छ।

माओबादीहरु आफु धनी भए आफ्नै लागी अरुका छोराछोरी मारे, कयौका सिन्दुर पुछिए,कयौले आफ्ना साहारा गुमाए, तर के पाए,अछामको बान्नीगढी जयगढ गाउँपालीका १ का रोहीत खड्का भन्छन, माओबादी सत्तामा गयो,सत्तामै रमायो , माओबादी नेता नजीकका आसेपासेले ५ पुस्तालाई पुग्ने पैसा कमाए, जनताले केहि नपाएको खड्काले बताए।

तपाईको प्रतिक्रिया