Advertisement
SKIP THIS
बनको अबरोधका कारण ट्याक खन्न पुगेको डोजर डोटीमा एक बर्ष देखि थन्कियो

कमल साउद धनगढीः सेती लोकमार्गको ट्रयाक निर्माण गर्न डोटी पुगेको डोजर एक वर्षदेखि थन्किएको छ।

डोटीको बडीकेदार गाउँपालिकाको ओखलढुङ्गामा पुगेको स्काभेटर एक वर्षदेखि थन्किएको हो। सडक निर्माणका लागि पुगेको डोजर एक वर्षदेखि थन्किएपछि स्थानीय निरास भएका छन्। सडकको ट्रयाक निर्माणका लागि खेतमा बालीसमेत नलगाएका स्थानीय निरास भएका छन्। सेती लोकमार्ग निमाणपछि दैनिक जीवनमा परिवर्तन आउने आसमा रहेका डोटीको बडीकेदार, बोगटान क्षेत्रका स्थानीय निरास भएका हुन्।

एक स्थानीयले भने, ‘३० वर्ष भयो सडक नाप गरिएको छ। सडक खनिएको छैन। खन्ने मात्र भन्छन। तर, खन्दैनन।’ डोटी क्षेत्रको ४० किलोमिटर सडक क्षेत्रमा पर्ने रुख कटानीको आदेश नभएकाले एक वर्षदेखि डोजर ओगलढुंगामा थन्किएको छ। एक स्थानीयले भने, ‘वनका कारण काम रोकिएको छ। हामीले नेताहरुलाई फोनसमेत गर्ने गरेका छौ। तर, उहाँहरुको पहल भएको छैन।’

सेती लोकमार्गको दक्षिणी खण्डका प्रमुख पुजन गिरीले वनका कारण सडकको ट्याक निर्माणको काम रोकिएको बताए। उनले भने, ‘वातावरणीय अध्ययन गर्दा रुखको संख्या मिलेको छैन। संशोधनका लागि मन्त्रालय पठाएका छौ। योजनाको प्राथामिक्ता राष्ट्रिय योजना आयोगले खुलाउन बाँकी छ। मन्त्रीपरिषद्बाट कटान आदेश आएपछि काम हुन्छ।’ करिब ६५ करोडको लागतमा सपना–जयमा–स्वर्गद्वारी जेभीले सो खण्डको ट्रयाक खोल्ने ठेक्का पाएको छ।

तपाईको प्रतिक्रिया