Advertisement
SKIP THIS
अछाममा लागू पदार्थ सेवन गरि शिक्षक माथी हातपात

निराकरण खबर अछाम:अछाममा लागु पदार्थ सेवन गरि बिधार्थीले हातपात गरेका छन् ।बुधबार जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका ३ जयगढमा रहेको सरस्वती माध्यमिक बिधालयका एक शिक्षक माथि हातपात भएको हो।

महेन्द्र माध्यमिक बिधालयमा कक्षा ८ मा पढ्ने उनिहरुको समूहले शिक्षक माथि हातपात गरेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख सन्तोष पाठकले बताए ।

शिक्षक माथि हातपात गर्ने समीर स्वार र सुशील कुवरलाई इलाका प्रहरी कार्यालय जयगढले हिजो नै नियन्त्रणमा लिएको र थप ४ जनालाई ईलाका प्रहरी कार्यालय बयालपाटाले प्रकाउ गरि जयगढ प्रहरीलाई बुझाएको छ।

प्रकाउ पर्ने सबै महेन्द्र माध्यमिक बयालपाटामा कक्षा ८ देखि १० सम्म अध्यानरत बिधार्थी रहेका छन।

तपाईको प्रतिक्रिया