Advertisement
SKIP THIS
नगरप्रमुख रावतको दुर्घटना, चार टाँका

सुख्खड:कैलालीको घोडाघोडी नगरपालिका प्रमुख खडक रावत दुर्घटनामा परेका छन् । मंगलबार राती करिब एघार बजेको समयमा उनी दुर्घटनामा परेका हुन ।

घर नजिकै हिड्दा हिड्दैको अवस्थामा अचानक लडेका रावतलाई स्थानीय घोडाघोडी अस्पतालमा उपचार पछि, घर छोडीएको ईलाका प्रहरी कार्यालय सुखडले जनाएको छ । नगरप्रमुख रावतको अनुहार र आँखाको परेला भन्दा माथि गहिरो चोट लागेका कारण चार वटा टाँका प्रयोग गर्नु परेको उपचारमा सङ्गलन कैलालीको घोडाघोडी अस्पतालका चिकित्सक राहुल कुमार सिंहले जनाकारी दिएका छन् ।

नगरप्रमुख रावत भन्छन् । “अचानक चक्कर आए जस्तो भो ? त्यही लडे छु ! ब्लड धेरै बगेको रहेछ ।” चोटकै कारण बुधबारका लागी निमन्त्रणा गरिएका कुनै पनि कार्यक्रममा आफु सरिक हुन नसकेको र अझै केहिदिन आराम गर्ने नगरप्रमुख रावतको भनाई छ ।

तपाईको प्रतिक्रिया