Advertisement
SKIP THIS
श्रीमतीलाई खुशी पार्न,नगर प्रमुखले घरमा लगे स्कुटर

घोडाघोडी:कैलालीको घोडघोडी नगरपालिका प्रमुख खडक बहादुर रावतले श्रीमतीलाइ खुशी पर्ना नगरपालिकाको स्कुटी घरमा लगेका छन् । सुपप्र.०१–००१ ब २०५९ नम्बरको स्कुटर आफ्नी श्रीमतीलाई दैनिक कामकाजमा सजिलो होस भन्ने उदेश्यले नगरप्रमुख रावतले स्कुटर घर लगेका हुन । मंगलबार बिहान छोरालाइ विद्यालय पुराउन जान लागेकी उनकी श्रीमती यमुना रावतलाइ हामीले बुझदा आफ्नो सजिलोको लागी नगरप्रमुखले स्कुटर घरमा ल्याइदिनु भएको बताएकी छन् ।

छोराको उपचारका लागी आइतबार सो स्कुटर चलाएर नगरप्रमुख रावतकी श्रीमती घोडाघोडी नगरपालिका–१, मा रहेको घोडाघोडी अस्पताल पुगेकी थिइन । नगरप्रमुख रावतकी श्रीमती बिमा अभिकर्ता समेत भएका कारण बिमा पोलिसी खोज्न समेत सोही स्कुटर प्रयोग गर्ने गरेको जनगुनासो छ ।

नगरपालिकामा कार्यरत महिला कर्मचारीलाई कामकाजमा सजिलो होस् भन्ने उदेश्यले २०७८ चैत्र १७ गते नगरपालिकाले सो स्कुटर खरिद गरेको थियो । तर, केहि महिना देखि नगरपालिकामा स्कुटर देखिन छोडेपछि, महिला कर्मचारीलाई कामकाजमा निकै समस्या भैइरहेको थियो ।

स्कुटर नहुदा नगरको स्वास्थ्य शाखा मार्फत दैनिक जसो वडामा गएर गर्नु पर्ने अल्ट्रासाउन्ड जस्ता कार्यहरु समेतमा कठिन भैइरहेको नगरपालिकाकी एक कर्मचारीले गुनासो गरेकी छन् । हाल नगरप्रमुख रावतले नगरपालिकाको से.१ झ ३३५ नम्बरको स्कोरपीयो गाडी प्रयोग गरिरहेका छन् । स्कुटरको दुरुपयोग भएको विषयमा नगरप्रमुख रावतले भने आफ्नो सजिलोको लागी स्कुटर घरमा लगेको बताए छन् ।

तर, नगरप्रमुख रावतले यस भन्दा पहिले घरनजिक सजिलोका लागी भन्दै मोटरसाईकल लगेका थिए ।तर, श्रीमतीले स्कुटर रहर गरेपछि नगरप्रमुखले मोटरसाईकल फिर्ता गरेर केहि महिना पहिले स्कुटर घर लगेका हुन ।

तपाईको प्रतिक्रिया