Advertisement
SKIP THIS
अछामको मेल्लेख गाउँपालिकाले सच्च्यायो जनयुद्ध दिवसमा  सार्वजनिक बिदा सूचना

निराकरण खबर अछाम:अछामको मेल्लेख गाउँपालिकाले जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने सूचना सच्याएको छ।सोमबार गाउँपालिका अध्यक्ष ज्वालासिंह साउदले हस्ताक्षरित बिज्ञप्तिमा फाल्गुन १ गते सार्वजनिक बिदा दिएको उल्लेख गरिएपनि केही घण्टा पछि बिदा नभएको भनेर सूचना प्रकाशित गरेको छ।

मेल्लेख गाउँपालिका अध्यक्षले कार्यापालिकाको निर्णयबाट फाल्गुन १ गते सार्वजनिक बिदा दिईएको उक्त दिन महान जनयुद्ध तथा ऐतिहासिक जनआन्दोलनमा शहिद, वेपत्ता र घाइते भएका व्यक्तिहरु तथा आफन्तजनहरुमा सम्मान गर्ने कार्यक्रम रहेको हुँदा उपस्थितिका लागि अनुरोध गरेका थिए ।

तपाईको प्रतिक्रिया