Advertisement
SKIP THIS
अछामको मेल्लेख गाउँपालिकाले दियो जनयुद्ध दिवसमा सार्वजनिक बिदा

निराकरण खबर अछाम:अछामको मेल्लेख गाउँपालिकाले जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिएको छ।सोमबार गाउँपालिका अध्यक्ष ज्वालासिंह साउदले हस्ताक्षरित बिज्ञप्तिमा फाल्गुन १ गते सार्वजनिक बिदा दिएको उल्लेख गरिएको छ।

राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनका साथै सामन्ती, निरङ्कुश, केन्द्रिकृत र एकात्मक राज्य व्यवस्थाले सिर्जना गरेका सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापनाका लागि भएको महान जनयुद्ध भएको बिज्ञप्तिमा उल्लेख गरिएको छ।

ऐतिहासिक जनआन्दोलनका क्रममा वलिदान प्राप्त गर्नुहुने महान सहिदहरुको सम्झनामा गाउँपालिकाको निर्णयानुसार २०८० फाल्गुन १ गते यस मेल्लेख गाउँपालिका क्षेत्रभित्रका सम्पूर्ण कार्यालय तथा शैक्षिक संस्थाहरुमा स्थानीय विदा दिईएको बिज्ञप्तिमा उल्लेख गरिएको छ।

बिगतका बर्षमा जनयुद्ध दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिने गरेकोमा सर्वोच्च अदालतले बिदा दिन नपाईने फैसला गरेको थियोे ।२०५२ साल फागुन १ – नेकपा माओवादीद्वारा ‘प्रतिक्रियावादी राज्यसत्तालाई ध्वंस गर्दै नयाँ जनवादी सत्ताको स्थापना गर्न जनयुद्धको बाटोमा अघि बढौँ’ भन्ने मूल नाराका साथ जनयुद्धको सुरुआत गरेको थीयो ।

माओवादीले जनयुद्ध सुरु गरेको अवसरमा सार्वजनिक बिदा दिदै आएको थियोे मेल्लेख गाउँपालिकामा माओवादीबाट गाउँपालिका अध्यक्ष निर्वाचित छन।

तपाईको प्रतिक्रिया