Advertisement
SKIP THIS
छैठौं साँफेबगर महोत्सवको उद्धाटन बद्रि पाण्डेले गर्ने

निराकरण खबर अछाम :छैठौं साँफेबगर महोत्सवको उद्धाटन नेपाली कांग्रेसका सहमहामन्त्री तथा बाजुरा जिल्लाबाट निवार्चीत माननिय बद्रि पाण्डेले गर्ने भएका छन ।

शुक्रबार बिहान ११ बजे महोत्सवको उद्धाटन कार्यक्रम रहेको आयोजक लायन्स क्लव अफ साँफेबगर अफ साँफेबगरका अध्यक्ष कृष्ण कुँवरले जानकारी दिए।
“स्थानिय उत्पादन,कला,संस्कृति,खेलकुद तथा पर्यटन प्रवद्र्धनका लागि” भन्ने मुल नाराका साथ भोली (शुक्रबार) देखि साँफेबगरमा सञ्चालन हुदैछ ।

बयालपाटा अस्पतालमा बल्ड बैकं स्थापनाका लागी लायन्स क्लव अफ साँफेबगरले महोत्सवको आयोजना गरेको हो । महोत्सव माघ २६ गते देखि फाल्गुन ५ गते सम्म साँफेबगरको निर्माणाधिन बसपार्कमा सञ्चालन हुने र तयारी समेत पुरा भईसकेको आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया