Advertisement
SKIP THIS
डडेल्धुरामा बस दुर्घटना

डडेल्धुराः डडेल्धुरामा बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन्। बुधबार राति बाजुराबाट नेपालगञ्जतर्फ गइरहेको ना६ख ५४५० नम्बरको बस स्याउलेमा दुर्घटना भएको हो।

घाइतेमध्ये ४ जनाको अवस्था मध्यम रहेको र बाँकी सबै खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। घाइतेहरूको डडेल्धुरा अपस्तालमा उपचार भइरहेको छ।

प्रेसर पाइप फुट्दा दुर्घटनाबाट जोगाउन चालकले बस नालीतर्फ लग्दा दुर्घटना भएको डडेल्धुरा प्रहरीका सूचना अधिकारी कुसुम नायकले जानकारी दिए।

तपाईको प्रतिक्रिया