Advertisement
SKIP THIS
अछामकी भाटलाई सुदुरपश्चिम एकता समाज संगठनको आर्थिक सहयोग

निराकरण खबर अछाम:सुदुरपश्चिम एकता समाज संगठनले
टिचिङअस्पताल महाराजगंजमा उपचाररतर्थ अछामको तुर्माखाद गाउँपालिका ६ घर भएकी सरु देवि भाटलाई आर्थिक सहयोग गरेको छ।

अवस्था कमजोर भएकी भाटको दायाँ कम्मरको जोर्नी भएर फेर्नु पर्ने भएकाले उनको उपचारमा समस्या नहोस भन्ने उदेश्यले आर्थिक सहयोग गरिएको सुदुरपश्चिम एकता समाज संगठनकाले जनाएको छ । 

उनको आर्थिक अवस्था कमजोर भएकाले १० हजार ५५ रुपैयाँ सहयोग गरिएको समाजले जनाएको छ।

सुदुरपश्चिम एकता समाज संगठनका अध्यक्ष डन्डीराज जैसी र सचिव भूपाल रोकायासहित ९ जना सदस्यको टोली गएर उनलाई आर्थिक सहयोग हस्तान्तरण गरेका हुन् ।

हाडजोर्नी समस्याबाट ग्रत सरु देवि भाटको अहिले काठमाडौंको महाराजगंजस्थित टिचिङ अस्पतालमा उपचार भइरहेको छ । 

तपाईको प्रतिक्रिया