Advertisement
SKIP THIS
साँफेबगर नगरपालिकाका ६ वडालाई छुट्टै पालिका बनाउने निर्णय सर्वसम्मत

निराकरण खबर अछाम:साँफेबगर नगरपालिकाका ६ वटा वडाहरुले छुट्टै पालिकाको माग गर्दै दर्ता भएको प्रस्ताब सर्वसम्मत पास भएको छ।

नगरपालिकाका विकट वडाहरु ९,१०,११,१२,१३ र १४ लाई समेटेर छुट्टै पालिका बनाउने प्रस्ताब नगरसभाको १२ औं अधिबेशनमा पेश गरिएको गरिएको थियो ।

६ वडा अध्यक्ष सहित २४ जना नगरसभा सदस्यहरुले हस्ताक्षर गरेको प्रस्ताब नगरसभामा पेश गरेका थिए ।

सोमबार बसेको नगर सभाको द्रोस्रो बैठकले बिकटका ६ वडा बुढाकोट, घघुरकोट, देबिस्थान,बाब्ला, खप्तड र पातलकोटलाई छुट्टै पालिका बनाउने निर्णय सर्वसम्मत पास गरेको हो।

तपाईको प्रतिक्रिया