Advertisement
SKIP THIS
साँफेबगर नगरपालिकाका ६ वडालाई गाउँपालिका बनाउने निर्णय सर्वसम्मत पारित गर्ने कांग्रेसको निर्णय

निराकरण खवर अछाम:साँफेबगर नगरपालिकाका ६ वटा वडाहरुले छुट्टै पालिकाको माग गर्दै दर्ता भएको प्रस्ताब सर्वसम्मत पास गर्ने निर्णय भएको छ।

आईतवार नेपाली कांग्रेस अछाम क्षेत्र नं १ मा बसेको बैठकले नगर सभामा दर्ता भएको प्रस्तावलाई सर्वसम्मत पास गर्ने निर्णय गरेको छ। छलफल साँफेबगर नगरपालिका नगर प्रमुख राजेन्द्र बहादुर कुँवरको समेत सहभागीता रहेको थियोे ।

नगरपालिकाका विकट वडाहरु ९,१०,११,१२,१३ र १४ लाई समेटेर छुट्टै पालिका बनाउने प्रस्ताब नगरसभाको १२ औं अधिबेशनमा पेश गरिएको गरिएको थियो ।६ वडा अध्यक्ष सहित २४ जना नगरसभा सदस्यहरुले हस्ताक्षर गरेको प्रस्ताब नगरसभामा पेश गरेका थिए ।

सोमबार नगरसभाको द्रोस्रो बैठक बस्ने र सभा अध्यक्षले निर्णायर्थ पेस गर्ने छन् । पेस भएको प्रस्ताव पारित गर्नलाई दुई तिहाइ चाहिन्छ । नेपाली कांग्रेसले सर्वसम्मत गर्ने निर्णय गरेको नगरपालिकाबाट छुट्टिएर गाउँपालिका बनाउने प्रताव पारित हुने छ।

तपाईको प्रतिक्रिया