Advertisement
SKIP THIS
बयालपाटा अस्पताललाई बजेट नदिए आन्दोलनमा उत्रिने एमालेको  चेतावनी

निराकरण खबर अछाम:नेकपा एमाले साँफेबगर नगरकमीटीले बयालपाटा अस्पताललाई नितिगत रुपमा उचित बजेट व्यवस्थापन गरी संस्थागत गर्न माग गरेको छ । आज एक बिज्ञप्ती जारी गर्दे एमाले नगरकमीटीले नमुनाको रुपमा स्थापित बयालपाटा अस्पताललाई बिभिन्न बाहानामा पन्छा्उने काम प्रदेश सरकारले गरेको भन्दै आपत्ति जनाएको छ । यथाशिघ्र बजेटको व्यवस्था नगरे नेकपा एमाले बर्तमान् सरकार बिरुद्ध आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।

विदेशीदातृ निकायले सहयोग गर्ने रकममा कमी आएका कारण विगत केहि वर्षबाट यस संस्थालाई सुदुरपश्चिम प्रदेश सरकारले आफ्नो मातहतमा लिएर सञ्चालन गर्ने भनिएपनि त्यसमा तदारुकता सुदूरपश्चिम प्रदेश सरकारले देखाउन सकेन । अस्पतालले दिदै आएका सेवाहरु अवरुद्ध नहोस् भन्ने उद्देश्यले सुदूरपश्चिम प्रदेश सरकारले केहि वर्ष यता निरन्तर वार्षिक रुपमा अस्पताललाई दिदै आएको अनुदान रकम आर्थिक वर्ष २०८०।०८१ मा रु.नौ करोड दिने भन्ने घोषणा गरेको भए पनि हाल आएर प्रदेश सरकारले अनुदान रकम नदिई अस्पतालका सेवाहरु अवरुद्ध हुने र निकट भविष्यमा अस्पतालको अस्तित्व नै समाप्त गर्ने किसिमले गैर जिम्मेवार पुर्ण कार्य गरि राज्यको कर्तव्य र दायीत्वबाट नै भाग्न खोज्ने कार्य गरिरहेको छ बिज्ञप्तीमा भनिएको छ ।

नगरकमीटी अध्यक्ष ढकेन्द्र कुवरले जनताको स्वास्थ्य जस्तो महत्वपूर्ण र गम्भिर बिषयमा यसरी गैर जिम्मेवार बनिरहेको वर्तमान गठवन्धन सरकार र यसका मतियारहरु तिनै जनताको मत र कर लिएर आफु मात्र पोषिने र जनतालाई स्वास्थ्य उपचारबाट समेत वञ्चित गराउने कार्य गरिरहेकाले यो कार्य कुनै हालतमा जनतालाई सैह्य नहुने बताए ।

उनले यस गम्भिर बिषयलाई सुदुरपश्चिम प्रदेश सरकाले तुरुन्त गम्भिर रुपमा नलिई अस्पताल बन्द हुन सक्ने अवस्था श्रृजना गरेमा नेकपा (एमाले) यसका विरुद्व शसक्त कदम उठाएर सडकमा उत्रिने बताए ।बिज्ञप्तिमा सार्वजनिक कार्यक्रममा नेकपा एमाले सुदुरपस्चिम प्रदेश कमिटी सदस्य दुधकला बिष्ट,नेकपा एमाले सुदुरपस्चिम प्रदेश कमिटी लेखा कमिटीका सदस्य बालगिरी कुवर, नेकपा एमाले साफेबगर नगर कमिटी सचिब ललित बोगटी लगाएतको उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया