Advertisement
SKIP THIS
डम्पिङ साइडको धुवाँको मुस्लो सधैं बस्तीमा पस्न थालेपछि, आजित स्थानीय

निराकरण खबर कैलाली:कैलालीको घोडाघोडी नगरपालिकाले विश्व रामसार सुचिमा सुचिकृत सिमसार क्षेत्रमा डम्पीङ्ग साइड निर्माण गरेको छ । नियमतह यस्तो ठाउँमा डम्पिङ साईड निर्माण गर्न भने पाइदैन । गएको छ वर्ष देखि नगरपालिका फोहोर फाल्नका लागि डम्पिङ साइड निर्माण गरेको छ । जुन मानव समुदायदेखि दुइसय मिटरको दुरीमा पनि छैन । हरेक वर्ष फेब्रुरी दुइका दिन यस क्षेत्रमा विभिन्न नारा दिदै विश्व सिमसार दिवस मनाउन आउनेको लर्को भने लाग्न छोडेको छैन ।

शुक्रबार पनि त्यसै भयो । केहिदिन देखि डम्पिङ्ग साइडमा लगाइएको आगोका कारण त्यस वरपरको वातावरण निकै प्रदुषित बनेको छ । फोहोरमा लागेको आगोका कारण फैलिएको धुवाको मुस्लो बस्तीमा पस्ने गरेका कारण स्थानीयलाइ घरमा बसीनसक्नु छ । बुधबार र बिहिबार घोडाघोडी नगरपालिकाले दमकल र जेसिबीको साहायताले आगो निभाउने प्रयत्न गरेपनि त्यो सम्भव भने हुन सकेन । जतिगर्दा पनि आगोलाइ नियन्त्रणमा लिन नसकेपछि नगरपालिकाले उक्त कार्य रोकेको छ । वर्षको एक दिन विश्व सिमसार दिवसको अनेकन नारा भजाएर रकम कुमल्याउने यसका संरक्षण कर्मी र सरोकारवालाहरुमा मासीदै गैइरहेको सिमसार क्षेत्रको संरक्षण तर्फ ध्यान जानसकेको छैन ।

कर्मकाण्डी दिवसको के अर्थ ?

शुक्रबार कैलालीको घोडाघोडी क्षेत्रमा डिभिजन वन कार्यालय पहलमानपुर र बसन्त संरक्षीत वन परिषद्को सहयोगमा विश्व सिमसार दिवस मनाइएको छ । ‘सिमसार, मानव हितको आधार’ यस वर्षको नारा रहेता पनि मासिदै गैइरहेको सिमसार र सिमसार क्षेत्रमा भैइरहेका अनैतिक मानवीय क्रियाकलपका कारण त्यस वरपरको सिंगो समुदायले भोग्नु परेको समस्यालाइ नजरान्दाज गरेको प्रष्टै देख्न सकिन्थ्यो । बितेका छ वर्ष देखि सिमसार क्षेत्रमा नगरपालिकाले निरन्तर फोहोर थुपारीरहेको छ । जसका कारण त्यस वरपरका स्थानीय नागरिकले वर्षौं देखि समस्या भोगीरहेको छन् । यता तर्फ कसैकको ध्यान जान सकेको छैन् । अझ वर्षको एक दिन घोडाघोडीको सिमसार क्षेत्रमा दिवसको कर्मकाण्डी पुरा गर्न पुगेकाहरुले त बुझ्ने कुरै भएन । नागरिकमा सिमसारको महत्व उजागर गर्दै, यसको संरक्षणका फाइदाहरु बारे बुझाउनु पर्ने स्थानीय सरकारनै सिमसार क्षेत्र मास्नमा तल्लीन देखिएको छ । उसले त्यस क्षेत्रमा डम्पिङ साईड मात्र होइन । स्वास्थ्य खोपकेन्द्र लगाएतका अन्य संरचना समेत निर्माण गरेको छ । यता तर्फ सरोकारवालाको ध्यान पुगेको छैन ।

फोहोर कसले थुपार्छ ?
घोडाघोडी नगरपालिका अन्तर्गत रहेका साँडेपानी,सुखड र पहलमानपुर बजार क्षेत्रबाट उत्पन्न हुने फोहोरलाइ गएको छ वर्ष देखि मातृभूमी संरक्षण प्रा.लीले यस सिमसार क्षेत्रमा फोहोर थुपार्दै आइरहेको छ । फोहोरमैला व्यावस्थापनका लागि नगरपालिकाले ठाउँको विकल्पका रुपमा आफुहरुलाइ यसै क्षेत्र भनेको हुनाले आफुहरुले फोहोर थुपार्ने गरेको मातृभूमी संरक्षण प्रा.लीका संयोजक गोविन्द रावतले जनाएका छन् । आगो लगाउने गरेको विषयमा भने, उनले आफुहरुले आगो लगाउने कार्य नगरेको बताएका हुन । नगरपालिकाले आफुहरुलाइ फोहोर थुपार्नका लागि अन्य क्षेत्र उपलब्ध गराएको अवस्थामा आफुहरुले सिमसार क्षेत्रमा फोहोर थुपार्न छोड्ने रावतको भनाइ छ ।

डम्पिङ साइडको विकल्प खोजीदै

छिटै नगरपालिकाले अर्को स्थानमा डम्पिङ साइड निर्माण गर्ने घोडाघोडी नगरपालिकाका प्रवक्त धनश्याम ओझाले बताएका छन् । घोडाघोडी नगरपालिका–८, को फुलबारी क्षेत्रमा रहेको तिस हेक्टर क्षेत्रफलमा फैलिएको जमिनमा डम्पिङ साइड निर्माणका लागि बहुमत कार्यपालिका सदस्यबाट पारित भैइसकेको नगरपालिकाका प्रवक्ता ओझाले जनाकारी दिएका छन् । तर, त्यस सिमसार क्षेत्रमा अघिल्लो कार्याकाल देखि नै जनप्रतिनिधिले फोहोर फाल्नको लागि सजिलो बनाइदिएकाले आजका मिति सम्म पनि त्यसै क्षेत्रमा फोहोर फाल्ने गरिएको छ । सिमसार क्षेत्रमा निर्माण गरिएको डम्पिङ साइड अब चाडैं त्यस क्षेत्रबाट हटाइने नगरपालिकाका प्रवक्ता ओझाको भनाइ छ ।

तपाईको प्रतिक्रिया