Advertisement
SKIP THIS
अछाममा हिउँ माथि मनाईयो बिश्व सिमसार दिवस

निराकरण खबर अछाम:अछाममा हिउँ माथि विश्व सिमसार दिवस मनाईएको छ।शुक्रबार विश्व सिमसार दिवसको अवसरमा अछामको प्रयटकिय क्षेत्र रामारोशनमा मनाईएको हो।

सिमसार मानव हितको आधार,विश्व सिमसार दिवस २०८० भन्ने मुल नाराका साथ रामारोशन क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समिति अछामले दिवस मनाएको हो।

पर्यटन क्षेत्र मात्रै नभएर रामारोशन सिमसार क्षेत्र पनि भएकोले यसको संरक्षण प्रबर्द्धन गर्न अपरिहार्य भएको यसका लागि समिति रामारोशन गाउँपालिकाले सँग समन्वय सहकार्य गरेर काम गरिरहेको रामारोशन क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समिति अछामकि निर्देशक गंगा कुँवरले बताईन।कार्यक्रम स्थानीय कला सस्कृति देउडा खेल प्रस्तुत गरिएको थियोे ।

कार्यक्रममा रामारोशन गाउँपालिका अध्यक्ष मान बहादुर साउद ,उपाध्यक्ष सिर्जना बुढा,नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सदस्य अनुराधा स्वार, नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सचिवालय सदस्य पहल साउद लगायत स्थानीय जनप्रतिनिधि,समाजसेवी लगायतको सहभागीता रहेको थियोे ।

तपाईको प्रतिक्रिया