Advertisement
SKIP THIS
चौरपाटी गाउँपालिकाले किन्यो महाबिर पुनको आत्मकथा १ लाख बराबरको

निराकरण खबर अछाम:अछामको चौरपाटी गाउँपालिकाले महाबिर पुनको सम्झना,सपना र अविरल यात्रा आत्मकथा १ लाख बराबरको खरिद गरेको छ।

बीरगंजको कृषि औजार कारखाना मर्मत गर्न र संचालन गर्नका लागि राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष पुन आफ्नो आत्मकथा बिक्री गर्न आएका चौरपाटि गाउँपालिका अध्यक्ष भिम बहादुर साउदले गाउँपालिका ७ मार्कुमा स्वागत गरि १ लाख बराबरको पुस्तक खरिद गरेको बताए ।

पुन: देश बनाउने अभियान लागेका उनको अभियानमा गाउँपालिका समेत सहभागी हुने उदेश्य १ लाख बराबरका १ सय ३५ थानको खरिद गरेको यस्तो अभियान सबैले आ आफ्नो ठाउँबाट सहयोग गरे अभियान सफल हुने गाउँपालिका अध्यक्ष साउदले बताए ।

पुनको आत्मकथा पालिका भित्रमा सबै माध्यमिक बिधालय,वडा कार्यालय र सामुदायिक अध्यक्ष केन्द्रहरुमा दिईने अध्यक्ष साउदले बताए ।

महावीर पुन बीरगंजको कृषि औजार कारखाना मर्मत गर्न र संचालन गर्नका लागि पुन आफ्नो आत्मकथा ‘महावीर पुन सम्झना, सपना र अविरल यात्रा’ पुस्तक बिक्री गर्न देश दौडाहामा निस्केका बेला अछाम पुगेका थिए। पुनः आत्मकथा अछाम जिल्ला विभिन्न ठाउँमा बिक्रि गरिएको र अछाम १ हजार बढी थान बिक्री भएको पुनले बताए ।

तपाईको प्रतिक्रिया