Advertisement
SKIP THIS
साफेबगर नगरपालिकाले किन्यो महाबिर पुनको आत्मकथा २ सय थान

निराकरण खबर अछाम:अछामको साँफेबगर नगरपालिकाले महाबिर पुनको सम्झना,सपना र अविरल यात्रा आत्मकथा दुईवटा सय थान खरिद गरेको छ।

बीरगंजको कृषि औजार कारखाना मर्मत गर्न र संचालन गर्नका लागि राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष पुन आफ्नो आत्मकथा बिक्री गर्न आएका बेला नगरपालिकाले कार्यालयमै स्वागत गरेर उहाँबाट दुईवटा सय पिस खरिद गरेको नगरपालिका निमीत्त प्रमुख प्रशासकिय अधिकृत लक्ष्मीप्रसाद शर्माले बताए ।

पुनको आत्मकथामा युवाहरुलाई उत्प्रेरणा जगाउने खालको भएको उनको अभियान राष्ट्र निर्माणमा केन्द्रीय भएको नगरपालिका पनि त्यसको अंशियार हुने उदेश्यले २ सय पिस खरिद गरिएको शर्माले बताए ।

पुनले सञ्चालन गरेको राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग होस् ,खरिद गरिएका कितावहरु नगरका सबै सामुदायीक बिद्यायल बितरण गरिने निमीत्त प्रमुख प्रशासकिय अधिकृत शर्माले बताए ।

महावीर पुन बीरगंजको कृषि औजार कारखाना मर्मत गर्न र संचालन गर्नका लागि पुन आफ्नो आत्मकथा ‘महावीर पुन सम्झना, सपना र अविरल यात्रा’ पुस्तक बिक्री गर्न देश दौडाहामा निस्केका बेला अछाम पुगेका हुन ।

तपाईको प्रतिक्रिया