Advertisement
SKIP THIS
बिनोद शाहि हत्या आरोपी उपप्रमुख शाहि पुर्पक्षका लागि कारागार चलान

अछाम:अछामको पञ्चदेव विनायक नगरपालिकाका विनोद शाहीको हत्या आरोपमा फरार रहेकी अभियुक्त जिल्ला समन्वय समिति अछामकी उप प्रमुख दानमती शाही कारागार चलान भएकी छन् ।

जिल्ला अदालत अछामले थुन चेक बहस पश्चात् उनलाई पुर्पक्षका लागी कारागार चलान गर्न आदेश दिएको हो । आदेशसँगै उनलाई पुर्पक्षका लागी आजै जिल्ला कारागार चलान गरिएको छ ।

हत्या अभियोग पश्चात् २१ महिना देखी फरार रहेकी शाही मंगलवार स्वयम जिल्ला अदालत अछाममा हाजिर भएकी थिइन् ।

गएको स्थानीय तहको निर्वाचनका क्रममा स्थानीय १५ वर्षीय बालक विनोद शाहीको हत्या भएको थियोे । परिवारले दिएको किटानी जाहेरीका आधारमा उनलाई प्रहरीले खोजि रहेको थियोे ।

तपाईको प्रतिक्रिया