Advertisement
SKIP THIS
समुदायमा कांग्रेस अभियान साँफेबगर नगरपालिका ३ मा शुभारम्भ

समुदायमा कांग्रेस अभियान साँफेबगर नगरपालिका ३ मा शुभारम्भ

अछाम:साँफेबगर नगरपालिका वडा न ३ मा सिदेश्वरमा सुमदायमा कांग्रेस अभियान शुभारम्भ भएको छ । समुदायमा जाऔं समुदायलाई सुनौ भन्ने मुल नाराका साथ कार्यक्रम शुभारम्भ भएको हो।

नेपाली कांग्रेस साँफेबगर नगरपालिका वडा न ३ का उपसभापती दान बहादुर ठकुल्लाको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी नेपाली कांग्रेस अछामका उपसभापती अर्जुन ताम्राकार रहेका थिए भने विशिष्ट अतिथी नेपाली कांग्रेसका महासमिती सदस्य भगवती खनाल,साँफेबगर नगरपालिका वडा न ३ का वडा अध्यक्ष कुल बहादुर कुँवर, त्रिपुरा सुन्दरी क्याम्पसका स्ववियु सभापती कमल कुँवर रहेका थिए ।

त्यसैगरी अतिथिमा साँफेबगर नगरपालिका वडा न ३ का वडा सदस्य लक्ष्मी कुँवर्, सारदा लुहार नेपाली कांग्रेसका पार्टी प्रतीनिधी खेमराज कुँवर, पुर्ण कुँवर, बजिर आउजि, वसन्त सुनार, झप्पर कुँवर, सितादेवी कुँवर, पुष्पा कुँवर, प्रेम ठकुल्ला रहेका थिए भने कार्यक्रमको सन्चालन सुवास कुँवरले गरेका थिए ।

कार्यक्रमा उपस्थित सबैले नेपाली कांग्रेसका महासमिती सदस्य राजन कुँवरको कारबाही फुकुवाको माग राखेका थिए ।

तपाईको प्रतिक्रिया