Advertisement
SKIP THIS
अस्पतालका बिरामीलाई फलफूल बितरण गरेर समुदायमा कांग्रेस अभियान शुभारम्भ

निराकरण खबर अछाम:निराकरण खबर अछाम:नेपाली कांग्रेस साँफेबगर नगरपालिका वडा ७ ले समुदाय कांग्रेस अभियानलाई अस्पतालका बिरामीलाई फलफूल बितरण गरेर शुभारम्भ गरेको छ।

मंगलबार समुदाय कांग्रेस अभियानका लागि जिल्ला कार्यसमितिले पठाएका महाधिवेशन प्रतिनिधि अप्सरा कुँवरको नेतृत्वले बयालपाटा अस्पतालका बिरामीहरुलाई फलफुल बितरण गरेर अभियानको शुभारम्भ गरेको हो।

फलफूल बितरण बितरण कार्यक्रम साँफेबगर नगरपालिका नगर प्रमुख राजेन्द्र बहादुर कुँवर, साँफेबगर नगरपालिका ७रिडिकोटका अध्यक्ष हिम्मत कडायत वडा सभापति नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताको सहभागीता रहेको थियोे ।

तपाईको प्रतिक्रिया