Advertisement
SKIP THIS
मंगलसेन नगरपालिकाले किन्यो महाबिर पुनको आत्मकथा एक सय थान

निराकरण खबर अछाम:अछामको मंगलसेन नगरपालिकाले महाबिर पुनको सम्झना,सपना र अविरल यात्रा आत्मकथा एक सय थान खरिद गरेको छ।बीरगंजको कृषि औजार कारखाना मर्मत गर्न र संचालन गर्नका लागि राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष पुन आफ्नो आत्मकथा बिक्री गर्न आएका बेला नगरपालिकाले कार्यालयमै स्वागत गरेर उहाँबाट एक सय पिस खरिद गरेको नगरपालिका निमीत्त प्रमुख प्रशासकिय अधिकृत खकेन्द्र सोडारीले बताए ।

पुनको आत्मकथामा युवाहरुलाई उत्प्रेरणा जगाउने खालको भएको र पुनले सञ्चालन गरेको राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग होस् भनेर खरिद गरिएको,खरिद गरिएका कितावहरु नगरका सबै सामुदायीक बिद्यायल र सामुदायीक सिकाई केन्द्रमा बितरण गरिने निमीत्त प्रमुख प्रशासकिय अधिकृत सोडारीले बताए । महावीर पुन बीरगंजको कृषि औजार कारखाना मर्मत गर्न र संचालन गर्नका लागि पुन आफ्नो आत्मकथा ‘महावीर पुन सम्झना, सपना र अविरल यात्रा’ पुस्तक बिक्री गर्न देश दौडाहामा निस्केका बेला अछाम पुगेका हुन ।

तपाईको प्रतिक्रिया