Advertisement
SKIP THIS
बाटाे हेर्दा हेर्दै घरमा आमा अस्थाइन्, मुग्लानमै अस्थायाे मुग्लानी पनि

कहाँ बगि जादाे हाे ,याे पानी पनि
यसरी नै त जान्छ जिन्दगानी पनि

तिम्राे सम्झना अाउछ छाती पाेल्छ
अचेल हरेक रात भिज्छ सिरानी पनि

अब थाेरै दिन छ अामा मैले देश छाेड्न
हातमा परिसकेकाे छ राहादानी पनि

छुट्ने भए छुटौ प्रिया अरु के भनम्
दुबैलाइ बराबरै त हाेला हानी पनि

बाटाे हेर्दा हेर्दै घरमा अामा अस्थाइन्
मुग्लानमै अस्थायाे यार मुग्लानी पनि
हर्क बिष्ट टीकापुर

तपाईको प्रतिक्रिया