Advertisement
SKIP THIS
अत्तरिया बसपार्कमा प्रहरीको अगाडि बाटै दिउँसै झोला चोरी

निराकरण खबर अछाम:कैलालीको अन्तरियामा रहेको अत्तरिया बसपार्कबाट दिउँसै झोला च‍ोरी भएको छ।

बसपार्कमा रहेको सयुक्त बुकिङ काउन्टर अगाडिबाट अछामका दिलिप साउदको झोला चोरी भएको हो।सोमबार दिउँसो साढे ४ बजेतिर आफ्नो झोला चोरी भएको यसबारे प्रहरीलाई जानकारी गराउदा बसपार्क क्षेत्रका सिसिटिभि बिग्रेको बताएको उनको बताए ।

कैलालीबाट अछाम आउदै गर्दा काउन्टर अगाडि झोला राखेको आफु झोला राखेको ठाउँबाट कामले १० मिटर पर गएको बखत चोरी भएको साउदले बताए ।

स्वास्थ्यकर्मी समेत रहेका दिलिपको झोलामा महत्त्वपूर्ण किताब लुगा र नागरिकता रहेका थिए । प्रहरीको उपस्थिति रहने अत्तरिया बसपार्कबाट दिन दाहडै झोला चोरी हुदाँ अत्तरियाको सुरक्षामा प्रश्न खडा भएको छ।

तपाईको प्रतिक्रिया