Advertisement
SKIP THIS
अछाम जिल्ला कुष्ठरोगको उच्च जोखिममा

चक्र प्रशाद जैशी अछाम : अछाममा ७१ औ विश्व कुष्ठरोग दिवसको अवसरमा पत्रकार सँग अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ । कुष्ठरोग सम्बन्धि गलत अवधारणाको अन्त्य गरौं, मर्यादित व्यवहार गरौ, भन्ने नाराका साथ स्वास्थ्य कार्यालय अछामको आयोजना अछामका पत्रकारहरु सँग अन्तरक्रिया कार्यक्रम गरिएको हो।

कार्यक्रममा अछाममा कुष्ठरोग उच्च जोखिममा रहेको स्वास्थ्य कार्यालय अछामका वरिष्ठ जनस्वास्थ्य अधिकृत झनक ढुङ्गानाले बताए । प्रत्येक बर्षमा प्रति १० हजारमा १ जनामा यो रोग देखिने गरेको भन्दै समुदायमा चेकजाँच भईरहदा धेरै संख्यामा देखिन थालेको उनले बताए ।

१२ महिनासम्म औषधि सेवन गरे यो रोग निको हुने भन्दै बिभेदका कारणले कुष्ठरोगिहरु समाजमा अझैपनि लुकेर रहेको अछाम जिल्लामा कुष्ठरोग रोकथामका लागि घरदैलौ अभियान समेत संचालन भईरहेको उनलेे बताए ।

कुष्ठरोग आँखाले देख्न नसकिने माइक्रो व्याक्टेरियम लेप्रे नामको सूक्ष्म किटाणुबाट लाग्ने एक प्रकारको सरुवा भएकोले संक्रमीत बिरामीसँग लामो समयसम्म सम्पर्कमा आउने व्यक्तिलाई श्वासप्रश्वासको मध्यमवाट यो रोग सर्ने स्वास्थ्य भएकोले यो रोगको समयमै उपचार गरे पूर्ण रुपमा निको हुने र अपाङ्गता हुनबाट समेत बच्न सकिने प्रमुख ढुंगानाले बताए ।
अछाममा सन २००० देखि हालसम्म ३ सय ७४ जना कुष्ठरोगी फेला परेकोमा हाल २८ जना संक्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया