Advertisement
SKIP THIS
आफ्नो आत्मकथा बिक्री गर्न महावीर पुन अछाम आउदै

तारामान खड्का अछाम:राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन अछाम आउने भएका छन् ।

पुनले आफ्नो आत्मकथा ‘महावीर पुन सम्झना, सपना र अविरल यात्रा’ बिक्रि गर्नको लागि अछाम आउन लागेको बताए ।आईतवार दैलेखमा पुस्तक बिक्री गर्ने र सोमबार अछाम आउने पुनले बताए ।

बीरगंजको कृषि औजार कारखाना मर्मत गर्न र संचालन गर्नेका लागि किताब बिक्रि गर्दै हिडेको, किताब बेचेर आएको सम्पूर्ण पैसा कारखाना सञ्चालनमा खर्च गर्ने पुनले बताए ।

बीरगंजको कृषि औजार कारखाना मर्मत गर्न र संचालन गर्नका लागि पुन आफ्नो आत्मकथा ‘महावीर पुन सम्झना, सपना र अविरल यात्रा’ पुस्तक बिक्री गर्न देश दौडाहामा निस्केका छन।

तपाईको प्रतिक्रिया