Advertisement
SKIP THIS
मेल्लेख गाउँपालिका ५ बिन्धेवासिनीले नागरिकको नि:शुल्क रगत परीक्षण गर्दै

तारामान खड्का अछाम:अछामको मेल्लेख गाउँपालिका वडा नम्बर ५ बिन्देबासिनीले सबै नागरिकको रगत परीक्षण गर्ने भएको छ।

वडा अध्यक्ष प्रकाश अधिकारीका अनुसार सोमबार गाउँपालिकाको वडा नम्बर ५ मा रहेको जनशिखा क्याम्पसमा सबै नागरिकको रक्त समूह परीक्षण गरिने बताए ।

वडाका सबै नागरिकको निःशुल्क रुपमा रक्त समूह परीक्षण गरिने वडा अध्यक्ष अधिकारीले बताए।

बिहान ८ बजेबाट निःशुल्क रुपमा रक्त समूह परीक्षण गरिने हुदाँ सम्पूर्णलाई उपस्थितिका लागि अध्यक्ष अधिकारीले आग्रह गरे।

तपाईको प्रतिक्रिया