Advertisement
SKIP THIS
खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना चैट

धनगढीः नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशमा संसदीय दलको नेता परिवर्तन गरेको छ।आज बसेको माओवादी सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले सांसद मानबहादुर धामीलाई नयाँ संसदीय दलको नेता चयन गरेको हो। धामी पूर्व उद्योग पर्यटन वन तथा वातावरण मन्त्री समेत हुन्। माओवादीको यसअघि दलको नेतामा खगराज भट्ट रहेका थिए।

संसदीय दलका उपनेता अक्कल रावलले भट्टलाई हटाएर दलको नेतामा धामीलाई चयन गरेको बताए। सुदूरपश्चिम प्रदेश सरकारमा माओवादीका एक राज्यमन्त्रीसहित ३ मन्त्री रहेका छन्। पछिल्लो समय सुदूरपश्चिम माओवादीमा खटपट देखिएको छ।

सरकारको कार्यसम्पादन, माओवादीबाट सरकारमा सहभागी मन्त्रीहरू कार्यक्षमता र दलका नेता भट्टको कार्यशैलीलाई लिएर राज्यमन्त्रीसहित ७ जना प्रदेश सांसदले पुस २१ गते नै प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर लिखित पत्र बुझाएका थिए। संसदीय मोर्चाबाट पत्र बुझाउनेमा सभामुख भीमबहादुर भण्डारी, प्रमुख सचेतक मानबहादर धामी, राज्यमन्त्री गीता माल, सांसदहरू अक्कलबहादुर रावल, शिवसिंह ओली, ओमविक्रम भाट, लक्ष्मी विक थिए।

तपाईको प्रतिक्रिया