Advertisement
SKIP THIS
अछाममा भरुवा बन्दुक र जङ्गली जनावरको छाला सहित एक जना पक्राउ

अछाम: जिल्लामा भरुवा बन्दुक र जङ्गली जनावरको छाला सहित एक जना पक्राउ परेका छन् । 

मङ्गलसेन नगरपालिका वडा नम्बर १२ ठाँटिखाँद बस्ने टंक बहादुर शाहीको घरबाट जङ्गली जनावरको छाला, सिङ र भरुवा बन्दुक सहित मानिसलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ । 

अवैध सामान लुकाई छिपाइ राखेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय अछाम बाट खटिएको टोलीले बिहीबार बिहान उक्त सामान बरामद गरी पक्राउ परेका शाही माथि अनुसन्धान भइरहेको अछाम प्रहरीले बताएको छ । 

तपाईको प्रतिक्रिया