Advertisement
SKIP THIS
अछाममा भालुको आक्रमणबाट गम्भीर घाईते किशोरीको ८ घण्टा पछि उद्धार

तारामान खड्का अछाम: “सरकारी काम कहिले जाला घाम” भन्ने उखान नेपाली समाजमा चरितार्थ छ। हुन पनि सरकारी काम गम्भीर अवस्थामा समेत कहिले जाला घाम भन्ने अवस्था जस्तै भएको छ।

राज्यको झन्झटिलो कागजी प्रक्रिया त्यसैमाथी सरकारी कर्मचारीका कारण भालुको आक्रमणबाट गम्भीर अवस्थाकी रामारोशन गाउँपालिका ५ कि दुई किशोरी उपचारका लागि ८ घण्टा सम्म छपपटाउदै थिईन।

बुधबार बिहान ६ः४५ बजे जिल्लाको रामारोशन गाउँपालिका ५ तडिगैडाकी १९ बर्षिय किरण शाह र १८ बर्षिय पार्वती शाहलाई स्थानीय सालिमकोट बनमा आक्रमण गरेर घाईते बनाएको थीयो ।

घटनाबारे जिल्ला प्रशानलाई १० बजे मात्रै गाउँपालीकाले चिठी पठाएको आफुहरुले पत्र पाउने बितीकै मुख्यमन्त्रीं तथा मन्त्रीपरिषदको कार्यालय धनगढी हेलीकप्टरबाट उद्धारको लागी पत्र पठाएको अछामका प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले बताए ।

भालुको आक्रमणबाट १९ बर्षिय किरण शाह गम्भीर घाइते भै अचेल अवस्थामा रहेकी र १८ बर्षिय पार्वती शाह गम्भीर घाइते रहेकी किशोरीहरुको उद्धारका लागि १ बजेर ३९ मिनेट मात्रै सुर्खेतबाट नेपाली सेनाको हेलीकप्टर घटनास्थलका लागी उडेको थियो ।

साढे २ बजे घटना स्थल पुगेको हेलिकप्टरलेउनिहरुलाई कोहलपुर मेडीकल लिने भनेपनि प्रतिकुल मौसमका कारण प्रादेशिक अस्पताल सुर्खेतमा पुुर्याईएको रामारोशन गाउँपालिका ५ का अध्यक्ष केशर शाहले बताए ।प्रादेशिक अस्पताल सुर्खेतमा उपचार सुरु भएको अवस्था निकै जटिल रहेको साथमा गएका आफन्त कुमार शाहले बताए ।

तपाईको प्रतिक्रिया