Advertisement
SKIP THIS
अछामको रामारोशनमा भालुको आक्रमणबाट २ किशोरी घाइते: एकको अवस्था गम्भीर

निराकरण खबर अछाम:अछाममा भालुको आक्रमणबाट २ जना किशोरी घाइते भएकी छन् ।

बुधबार बिहान जिल्लाको रामारोशन गाउँपालिका ५ तडिगैडा का १९ बर्षिय किरण शाह र १८ बर्षिय पार्वती शाहलाई भालुले आक्रमण गर्दा घाइते भएका जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

उनिहरु बुधबार बिहान स्थानीय सालिमकोट बनमा आक्रमण गरेको हो।भालुको आक्रमणबाट १९ बर्षिय किरण शाह गम्भीर घाइते भै अचेल अवस्थामा रहेकी र १८ बर्षिय पार्वती शाह गम्भीर घाइते रहेकी प्रहरीले जनाएको छ।

घाइते उनिहरुको उनिहरुको हेलिकप्टरबाट उद्दार गरि अस्पताल पठाउने तयारी भैरहेको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकार प्रहरी निरिक्षक राजेन्द्र साउदले बताए ।

तपाईको प्रतिक्रिया