Advertisement
SKIP THIS
अछामको मंगलसेनमा दुना- टपरीको उत्पादन थालियो

तारामान खड्का अछामःअछाममा सालको पातबाट दुना टपरी उत्पादन हुन थालेको छ । जिल्लाको मंगलसेन नगरपालिका १ कुन्तीबण्डालीमा स्थानियहरुले दुना टपरी उत्पादन थालेका हुन ।मालिका सामुदायिक सिकाई केन्द्र १ कुन्तीबण्डालीको आयोजना घरेलु तथा साना उद्योग कार्यालय अछामको प्राविधीक सहयोग र मंगलसेन नगरपालीकाको आर्थीक सहयोगमा स्थानिय १० जनालाई १० दिने दुना टपरी बनाउने सिप प्रदान गरिएपछि उनिहरुले उत्पादन थालेका हुन ।गाउँमै प्रशस्त रुपमा पाईने सालका पातहरुबाट दुना टपरी उत्पादन गर्ने उदेश्यले स्थानियहरुलाई शिप सिकाइएको मंगलसेन नगरपालिका नगर प्रमुख पदम बहादुर बोहराले बताए ।

आफुहरुले सिकेको सिपलाई सहि सदुपयोग गरि आयआर्जनका काममा प्रयोग गर्ने स्थानिय रतन थापाले बताए । गाउमै सालका रुख छन, हामीहरुको लागत पनि लाग्दैन,अहिले १ मेसीन छ,घर हरु छरिएर रहेकाले पहिले आ-आफ्नो घरमा सालका पात संकलन गरि राख्ने पछि सिकाई केन्दमा राखेको मेसिनमा दुना, टपरी बनाउने थापाले बताए । बजारमा पाईने प्लाष्टीक भन्दा दुना टपरी स्वास्थ्यको लागी समेत फाईदा पुग्ने, प्लाष्टीकले बाताबरण समेत प्रदुषीत हुने हुदाँ बाताबरण अनुकुलित सालका पातका दुना टपरी सबैले प्रयोग गर्न मंगलसेन नगरपालीका निमीत्त प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र सोडारीले आग्रह गरे ।

प्लाष्टीकहरुलाई बिस्तापीत गरि स्थानिय उत्पादलाई बढी प्रयोगमा ल्याए स्थानिहरुको समेत रोजगारी बढ्ने, उत्पादिन बस्तुलाई बजारीकरणका लागी नगरपालीकाले सक्दो सहयोग गर्ने निमीत्त प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र सोडारीले बताए ।दुना–टपरी घरायसी र व्यावसायिक प्रयोजनका लागि तथा चाडपर्व, पूजा, विवाह तथा मृत्यु संस्कारमा प्रयोग गर्न सकिने सोडारीले बताए ।

तपाईको प्रतिक्रिया