Advertisement
SKIP THIS
बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका उपाध्यक्ष जोशीको निधन

बाजुरा:स्वामिकार्तिक खापर गाउँपालिका उपाध्यक्षमा मैना जोशीको निधन भएको छ । लामो समय देखी बिरामी भएकी जोशीको गए राती मृत्यु भएको हो ।

५० वर्षीया जोशी लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिइन् ।
पछिल्लो केही समययता उनको उपचार जारी रहेको थियो । उपचारकै क्रममा उनको निधन भएको पारिवारिक श्रोतले बताएको छ । २०७९ को स्थानीय तह निर्वाचनमा उनी नेपाली कांग्रेसबाट गाउँपालिका उपाध्यक्ष निर्वाचित भएकी थिइन् ।

कांगेस बाजुराको नेतृ रहेकी जोशी जिल्ला समिति सदस्य थिइन् । उपाध्यक्ष जोशिको दुखद निधनमा गाउँपालिका अध्यक्ष भरत रोकायाले दुःख व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया