Advertisement
SKIP THIS
२६ औं राष्ट्रिय भुकम्प सुरक्षा दिवस अछाममा मनाईयो

निराकरण खबर अछाम:“नेपालको राष्ट्रिय भवन संहिता र मापदण्ड पालना गरी घरको नक्सा डिजाइन र निर्माण गरौं”“स्थानीय श्रोत र प्रविधि समेत प्रयोग गरौं, भुकम्प थेग्ने संरचना बनाऔं” भन्ने मुल नाराका साथ २६ औं राष्ट्रिय भुकम्प सुरक्षा दिवस अछाममा मनाईएको छ।

मंगलबार जिल्ला विपद् व्यवस्थापन समिति अछामको आयोजना जिल्ला समन्वय समिति अछामको संयोजनमा मंगलसेनमा भुकम्प दिवस मनाईएको हो।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति अछाम प्रमुख ललित बहादुर कुँवरले नेपाल भुक्मपीय जोखिम देश भएको सबैले भौतिक संरचना निर्माण गर्दा राष्ट्रिय भवन संहिता र मापदण्ड पालना गर्ने आग्रह गरे। नेपालमा बिगतमा भुकम्पले ठुलै जन धनको क्षती गरेको बताए ।

पश्चिम नेपालमा भुकम्पको जोखिम बढीरहेको भुकम्प बिधहरुले बताउदै गरेको बताउदै प्रमुख कुँवरले संरचना निर्माणमा नै सबैले मापदण्ड अपनाउनु पर्ने बताए । संरचनाकै कारण नेपाल भन्दा बढी जोखिम भएका देशहरुले भुकम्पले गर्ने क्षति न्युनिकरण गर्न सकेको भुकम्प दैवीप्रकोप भएकाले यसलाई रोकेर नरोकिने प्रमुख कुँवरले बताए ।

यस्तै प्रमुख जिल्ला अधिकार शरद कुमार पोखरेलले स्थानीय श्रोत र प्रविधिको प्रयोग गरेर भुकम्परहित संरचना बनाउन सकिने बताए । भौतिक संरचना बनाउदा राज्यले बनाएको निति नियममा बनाए मात्रै भुकम्पबाट जोगिन सकिने, नेपालमा बिगतका भुकम्पले जे जति क्षती गर्यो त्यो सबै भुकम्पले थेग्न नसक्ने संरचनाकै कारण भएको बताए ।

तपाईको प्रतिक्रिया