Advertisement
SKIP THIS
निड्स नेपालको आयोजनामा पालिका स्तरिय अभिमुखिकरण कार्यक्रम सम्पन्न

निराकरण खबर अछाम:साँफेबगर नगरपालिका व्यक्तिगत घटना दर्ता,स्वस्थ,सामाजिक संरक्षण तथा बाल संरक्षणकन लागी औपचारिक अनौपचारिक सम्बन्ध विषयमा पालिका स्तरिय अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

निड्स नेपालको सुदुरपश्चीममा बालविवाह निवारण परियोजना अन्र्तगत अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा साँफेबगर नगरपालिका ६ वडाहरुको सहभागीता रहेको थियो । नगरपालिकाको वडा नम्बर ९,१०,११,१२,१३ र १४ का महिला स्वास्थ स्वयमसेबिका र धामि झाक्रीहरुको सहभागीता रहेको थियो ।

कार्यक्रममा सहभागी महिला स्वास्थ स्वयमसेबिका र धामिझाँक्रीहरुको बिकृति बिसगती,बालविवाह रोक्नका लागी आआफ्नो क्षेत्रबाट पहल गर्ने प्रतिबद्धता जनाएका छन् । कार्यक्रममा साँफेबगर नगरपािलका ४ का वडा सचिब धुब्र बिकले व्यक्तिगत घटना दर्ता गर्दा आवश्यक प्रकृया कागजात र बनेका ऐन कानुनको बिषयमा जानकारी गराएका थिए ।

महिला स्वास्थ स्वयमसेबिका र धामि झाक्रीहरुको सकारात्मक भुमिकाले मात्र सामाजिक रुपान्तरण सम्भव हुने भएको अभिमुखिकरण कार्यक्रममा सहभागी गराईएको निड्स नेपालका सामाजिक परिचालिका सिता भट्टराईले जानकारी दिए। जेष्ठ नागरिक नैने ताम्राकारको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सामाजिक परिचालिका तिा भट्टराईले गर्नु भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख अनिता जोशीले राख्नु भएको थियो ।

तपाईको प्रतिक्रिया