Advertisement
SKIP THIS
चौरपाटी गाउँपालिकाद्वारा स्व:बिरेन्द्रको परिवारलाई घरमै पुगेर आर्थिक सहयोग

निराकरण खबर अछाम:अछामको चौरपाटी गाउँपालिकाले बीरेन्द्र शाहको परिवारलाई १ लाख पचास हजार आर्थिक सहयोग गरेको छ।

आईतवार गाउँपालिका अध्यक्ष भिम बहादुर साउदले स्व: बिरेन्द्रका बुवा टेक बहादुर शाहलाई उनकै घर चौरपाटी गाउँपालिका १ सिउडीमा पुगेर १ लाख ५० हजारको चेक हस्तान्तरण गरे।

ईपीएस परिक्षामा सहभागी हुनुपर्ने माग गर्दै भएको आन्दोलनका क्रममा प्रहरीको गोलि लागेर ज्यान गुमाएका शाहको परिवारलाई चौरपाटी गाउँपालिकाले राहत स्वरूप एक लाख ५० हजार रुपैयाँ दिने गाउँपालिकाले निर्णय गरेको गरेको थियो ।

शुक्रबार इपिएसको कार्यालय ललितपुरको बालकुमारीमा भएको आन्दोलनका क्रममा चौरपाटी गाउँपालिका वडा नं.१ सिउडीका २२ वर्षिय विरेन्द्र शाह र दैलेखका २१ वर्षीय सुजन रावतको मृत्यु भएको थियो ।

तपाईको प्रतिक्रिया