Advertisement
SKIP THIS
अछामको साँफेबगरबाट लागु औंषध सहित २ जना प्रकाउ

निराकरण खबर अछाम:अछामको साँफेबगरबाट लागु औंषध सहित २ जना प्रकाउ परेका छन् ।

शनिबार साँझ साँफेबगर नगरपालिका ३टोटासालको एक टहराबाट उनिहरुलाई प्रकाउ गरिएको हो । प्रकाउ पर्नेमा बाजरा बुढिनन्दा नगरपालिका ७ पाण्डुसैन घर भई टोटाशालमा टहरा बस्दै आएकी पशुपती थापा र साँफेबगर नगरपालिका ४ मष्टामाण्डौका २४ बर्षिय छितिज बुढा रहेका छन् । टोटाशालको टहरामा कारोबार भईरहेको गोप्य सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय साँफेबगरबाट प्रहरी निरिक्षक खगेन्द्र सिंह साउदको कमाण्डमा खटेको टोलीले उनलाई प्रकाउ गरेको हो।

प्रकाउ परेका लागू कारोबारी थापाको साथबाट २५ ग्राम २५० मिलीग्राम र २० ग्राम ३३० मिलीग्राम छितिज बुढाको साथबाट १० ग्राम ७४० मिलीग्राम र ८ ग्राम ५९० मिलीग्राम लागू औंषध फेला परेको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी प्रहरी निरिक्षक राजेन्द्र साउदले जानकारी दिए।

बाजुराका बिभिन्न ठाउँबाट चिसो छल्न भेडा बाख्रा सहित अछामका विभिन्न ठाउँमा बस्दै आएका उनिहरुले लागु औंषध चरस बिक्रि गर्ने गरेका छन।

तपाईको प्रतिक्रिया