Advertisement
SKIP THIS
नेपाल शिक्षक संघ मंगलसेन अछामको नगर प्रतिनिधि भेला सम्पन्न

अछाम : नेपाल शिक्षक संघ मंगलसेन नगर कार्यसमिति अछामको पाचौं नगर प्रतिनिधि भेला शनिवार मंगलसेनमा सम्पन्न भएको छ ।

शनिबार एक औपचारिक कार्यक्रमका बिच नेपाल शिक्षक संघका पुर्ब केन्द्रिय सदस्य मदन कुवरले कार्यक्रको उद्धघाटन गरे।मंगलसेन नगरपालिका भित्र तथा अन्य पलिकामा कार्यरत शिक्षकहरुको सहभागिता रहेको थियो । नगरपालिका भित्रमा काम गरिरहेका शिक्षकहरुले आफुले भोगिरहेका काम कारवाहिको बारेमा जानकारी गराईएको थियोे ।

कार्यक्रमका प्रमुख अतिथि रहनु भएका कुवरले नेपाल शिक्षक संघ जिल्लामा एकताको प्रतीक रहेकोले सबैमा एकताको भाव जाग्नु पर्ने बताए । विशिष्ट अतिथि रहनु भएका नेपाल ट्रेड युनियन काङ्ग्रेस सुदुरपश्चिम प्रदेश समिति उपाध्यक्ष पुष्पराज भण्डारीले नेपाल ट्रेड युनियनमा आबद्द अन्य संगठन भन्दा जिल्लामा संख्यात्मक रुपले नेपाल शिक्षक संघ बौद्धिक ब्याक्तित्वको बलियो संगठन भएको बताए ।

बिशिस्ट अतिथि नेपाल शिक्षक संघ अछामका अध्यक्ष नवेन्द्र राज जोशीले जिल्लामा कार्यरत शिक्षकहरुका समस्या र जिल्लाको शिक्षा प्रणालीका बारेमा नेपाल शिक्षक संघ अछाम चनाखो रहेकोले अग्रसर हुन निरन्तर सबैको साथ र सहयोग अपेक्षा भएको बताए ।

तपाईको प्रतिक्रिया