Advertisement
SKIP THIS
कोष्ठरोगबारे घर घरमा जानकारी गराउदै मेल्लेख गाउँपालिका

निराकरण खबर अछाम:अछामको मेल्लेख गाउँपालिकामा कुस्ठराेग राेकथाम तथा जनचेतना फैलाउने अभियान अन्तर्गत घरदैलो कार्यक्रमबारे जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरुलाई एक दिने अभिमुखिकरण गाेष्ठी बिहीबार सम्पन्न भएको छ ।

मेल्लेख गाउँपालिका वडा न. ५ का अध्यक्ष तथा सामाजिक विकास सयाेंजक प्रकाश अधिकारीकाे अध्यक्ष्यतामा भएकाे गाेष्ठीका प्रमुख अतिथि मेल्लेख गाउँपालिका अध्यक्ष ज्वाला सिं साउद प्रमुख अतिथि रहेका थिए।

गाेष्ठिमा कुस्ठ प्रभावित व्यक्तिमा घर वरपर पारिवारिक सम्पर्क,छिमेकीको सम्पर्क तथा सामुदायिक सम्पर्कका व्यक्तिहरुलाई शारीरिक परिक्षण गरि बिरामी पत्ता लगाउने एक डाेज औषधि खुवाउने ,कुस्ठराेग बारे जनचेतना फैलाउने सम्भावित हुन सक्ने कुस्ठराेग संक्रमण राेक्ने लगायतका विषयमा छलफल भएको थियाे ।

गाेष्ठि नेपाल राष्ट्रिय समाज कल्याण संघ कञ्चनपुर (NNSWA)(NLR) नेपाल कैलाली र स्वास्थ्य कार्यलय अछामको सहयोग तथा मेल्लेख गाउँपालिकाकाे आयाेजनामा सम्पन्न भएको थियो ।
गाेष्ठिमा प्रशासकीय अधिकृत हिक्मत बुढाले स्वास्थ्य सम्बन्धि सबै समस्या पत्ता लगाउन स्वास्थ्यकर्मी अग्रपंक्तिमा रहेर काम गर्नुपर्ने बताएका छन ।

यस्तै गाेष्ठिमा सहभागी स्वास्थ्यकर्मी रमिता थापा खड्काले समुदायमा स्वास्थ्य समस्या समाधान गर्न स्वास्थ्यकर्मीले सक्रिय हुनुपर्ने बताए ।गाष्ठिकाे सहजिकरण समाज कल्याण संघ कञ्चनपुर सुपरभाइजर मान बहादुर महरा (NLR)नेपाल कैलालीका प्रकाश मल्ल ,स्वास्थ्य कार्यलय अछामका क्षय/कुष्ठ राेग अधिकृत दिपेन्द्र जाेशीले गरेका थिए ।

गाेष्ठि समापनकाे संचालन स्वस्थ्य शाखा प्रमुख वीर बहादुर ठकुल्लाले गर्नु भएको थियो ।गाेष्ठिमा स्थानीय जनप्रतिनिधि स्वास्थ्यकर्मीहरुकाे सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया