Advertisement
SKIP THIS
साँफेबगर नगरपालिका ४ मष्टामाण्डौलाई बालमैत्री स्थानीय शासन घोषणाका लागी छलफल

अछाम : साँफेबगर नगरपालिका वडा नम्बर ४ मष्टामाण्डौलाई बालमैत्री स्थानीय शासन घोषणाका लागी छलफल कार्यक्रम हिजो सम्पन्न भएको छ । बुधबार कार्यक्रममा बालमैत्री स्थानीय शासन घोषणाका लागी सुचकहरु तथा सम्पुर्ण पक्षलाई अगामी दिनहरुमा कसरी निरन्तरता दिदै अगाडी बढ्न सकिन्छ भन्ने बिषयमा छलफल गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख राजेन्द्र कुँवरले बालबालिकालाई भावी समाज सभ्य, सुसंस्कृत एवं जिम्मेवार बनाउन अहिले नै सम्पूर्ण बालबालिकाको चौतर्फी विकासमा जोड दिनुपर्ने बताए । उनले २०८१ भित्र मष्टामाण्डौलाई स्थानीय बालमैत्री शासन घोषणा गर्ने लक्ष्य अनुसार अगाडी बढ्न सबै सरोकारवालाहरुलाई आग्रह गरे ।

नगर प्रमुख कुँवरले उहाँले भौतिक पुर्वाधार विकास भन्दा अब बढी संवेदनशील र महत्वपूर्ण क्षेत्र सामाजिक विकासमा लगानी गर्नुपर्ने बताए । वडा अध्यक्ष नवराज ुढाको अध्यक्षतामा भएको कार्यक्रममा बिशिष्ट अतिथि नगर उपप्रमुख शिब बहादुर कुँवर शिलोज रहेका थिए ।नेपाल सरकारले सबै स्थानीय तहलाई वि.सं. २०८७ सम्ममा बालमैत्री बनाउने लक्ष्य लिएको छ ।

स्थानीय तहको आवधिक तथा वार्षिक योजनामा बाल अधिकारका सवाललाई प्राथमिकता दिने, समुचित विकासका लागि आवश्यक पर्ने सबै सेवा, सुविधामा हरेक बालबालिकाको पहुँच सुनिश्चित गराउने उद्देश्य बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ को रहेको छ ।

स्थानीय तहमा बालबालिकासँग सम्बन्धित नीति, योजना र कानुन तर्ज‘मा गर्दा बालबालिकाको सहभागिता गराउने, स्थानीय तहमा निर्माण हुने सबै भौतिक पूर्वाधार बालमैत्री बनाउने तथा बालबालिकाको हितविरुद्ध हुने सबै प्रकारका हिंसाको उन्मूलन गर्ने उद्देश्य निर्देशिकाको छ ।

बालमैत्री स्थानीय शासनका लागि तय गरिएका बाल बचाऊका १४ सूचक, बाल संरक्षणका १० सूचक, बाल विकासका छ सूचक र बाल सहभागिताका छ सूचक गरी सेवा प्रवाह सम्बन्धी सूचक ३६ वटा र संस्थागत विकासका १५ सूचक गरी जम्मा ५१ वटा सूचक उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया