Advertisement
SKIP THIS
अछामको मंगलसेनबाट ४ जुवाडे प्रकाउ

निराकरण खबर अछाम:अछाममा ४ जुवाडे प्रकाउ परेका छन् ।बिहीबार जिल्लाको मंगलसेन नगरपालसिका वडा नं. ५ मंगलसेन बजारबाट २३ हजार नगद सहित उनलाई प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

मंगलसेन बजारमा अर्जुन सिंह बिष्ट भन्ने क्षेत्री अर्जुन कालु सिंह बिष्टले संचालन गर्दै आएको सिलाई कटाईको पसलको कोठामा जुवातास खेलिरहेको अवस्थामा उनिहरुलाई प्रकाउ गरिएको अछाम प्रहरी प्रमुख डिएसपी सन्तोष पाठकले जानकारी दिए।

प्रकाउ पर्नेमा जुवा खेलिरहेका पसल संचालक अर्जुन सिंह बिष्ट भन्ने क्षेत्री अर्जुन कालु सिंह बिष्ट, चन्द्र प्रसाट भण्डारी, रमजान खान, र भिम बहादुर बोहरा रहेका छन् ।

तपाईको प्रतिक्रिया